काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई ०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य नहुने चेतावनी दिएका छन्।प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै निर्धारित समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिए।
उनले भने,’अहिले म जिल्लाजिल्लामा हिँडिरहेको छु, अहिले बजारमा ०७४ को चुनावपछि मात्रै महाधिवेशन गर्ने भन्ने कुरा आइरहेको छ। त्यो चिन्ताजनक बिषय हो। त्यो कुरा म मान्नै सक्दिनँ। तपाईंहरुले जिल्लाजिल्लामा नत्र अफ्ठ्यारो हुन्छ भनेर सम्झाउँनुपर्छ।’
उनले महाधिवेशन समयमै गराउने वातावरण बनाउनको लागि दबाब दिनको लागि आफू निकट नेता कार्यकर्तालाई निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशन टार्न खोज्ने काम आत्मघाती’ हुनेछः शेखर कोइराला
दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला
राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा. कोइराला
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने : . शेखर कोइराला
सरकारबाट कांग्रेसले हात झिक्नुपर्ने अवस्था देख्दिनँ : शेखर कोइराला
कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन लाग्नुस् : शेखर कोइराला