एजेन्सी । अमेरिकाको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको छ ।
बीबीसीका अनुसार ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । आँधीमा परेका थप नागरिकहरूको अमेरिकी उद्धारकर्मीहरूले खोजी गरिरहेका छन्।
आँधीका कारण ज्यान गुमाउने धेरै नागरिक नर्थ क्यारोलिनाका रहेका छन् । सन् २००५ मा आएको क्याट्रिना नामको तुफानपछि हेलेन अत्यधिक घातक आँधी साबित भएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् । क्याट्रिना आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो ।
हेलेन आँधीले आएको एक हप्ता बितिसक्दा पनि सयौं मानिस अझै बेपत्ता छन् र करिब ८ लाख घरहरूमा अझै पनि बिजुली अवरुद्ध छ । नर्थ क्यारिलोनामा दशौं हजार मानिस पानीको सुविधाबाट पनि बञ्चित भएका छन् । समाचार संस्था एपीका अनुसार सयौं सडकहरू बन्द छन् जसले गर्दा सहायता सामग्री पठाउन पनि अप्ठ्यारो भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ असोज २०८१, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
भारतमा ‘दाना’ आँधीको आतंक
अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो
फ्लोरिडा आइपुग्यो मिल्टन आँधी, १० लाख मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी
अमेरिकामा आयो अर्को शक्तिशाली आँधी