यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, २६ भदौ २०८१, ०७ : ३६
यस्तो छ आज  विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी र अस्ट्रेलियन डलर, पाउन्ड, कतारी र साउदी रियाल, कुबेती र बहराइन दिनारको मूल्य बढेको छ। त्यसैगरी यूएई दिरामको मूल्य पनि बढेको छ। तर, युरोसहित केही मुद्राको मूल्य भने घटेको छ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा थियो। 

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६२ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६२ पैसा थियो। 

आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। 
हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १४ पैसा थियो। 

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस