यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, ०३ बैशाख २०८२, ०८ : ०२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । लगातार बढिरहेको युरोपियन युरो र केही दिनदेखि स्थिर भएको अमेरिकी डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा रहेको थियो ।

आज युरोपियन युरोको मूल्य पनि घटेको छ । युरोको भाउ एक साताभन्दा पनि धेरै दिनदेखि निरन्तर बढेपछि आज घटेको हो ।  आज युरो एकको खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबार युरो एकको खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा पुगेको थियो ।

यस्तै, आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ १२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस