काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न थालेका कारण सरकार ढालिएको भनेर रास्वपा सभापति रवि लामिछानेले संसद्बाट झुट बोलेको बताएका छन् । रविले प्रचार गरेका कतिपय भ्रष्टाचारका विषय उनको पार्टी गठन हुनु अगावै अनुसन्धान भइसकेको शर्माको दाबी थियो ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा महामन्त्री शर्माले भ्रष्टाचार फाइल खोलेका कारण सरकार ढालेको भनेर लामिछानेले निराधार कुरा गरेको आरोप लगाएका हुन् ।
‘जाँदाजाँदै निवर्तमान गृहमन्त्री (रवि लामिछाने)ले कुनै फाइल खोलिएको २४ घण्टामा सरकार ढालिएको भनेर रमाइलो झुट बोल्नुभयो । २०८० जेठ १० नक्कली शरणार्थीको मुद्दा दर्ता गरिएको थियो, त्यसको ९ महिनापछि फागुन २३ गतेमात्र रविजी गृहमन्त्री बन्नु भएको थियो,’ शर्माले भने ।
बालमन्दिर जग्गा अपचलनको अनुसन्धान अख्तियारले २०७८ सालमा शुरू गरेको र त्यो बेला रविको दलसमेत नखुलेको शर्माले बताए ।‘भ्रष्टाचारको फाइल खोल्न लागेका कारण सरकार ढालिएको आरोप विल्कुल निराधार छ, दुई वटा दलले स्थिरतामा लैजान्छु भन्दा बदनाम गर्न खोजिएको छ,’ उनले भने ।
कांग्रेस महामन्त्री शर्माले रास्वपा सभापति रवि लामिछानेले ‘स्टेटम्यानसीप’ नभई हुँदै नभएको ‘स्टन्टमेनसीप’ देखाउन खोजेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद् अवरुद्ध गर्नु अनुचित: विश्वप्रकाश
सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको होइन : महामन्त्री शर्मा
नागरिकको तहमा संविधानपछि बन्नुपर्ने कानुन पनि नबनेको बुझाइ छ : विश्वप्रकाश शर्मा
उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन्छः विश्वप्रकाश शर्मा
शान्त र संयममतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँ : महामन्त्री शर्मा
जग्गा दान लिएको विषयमा विश्वप्रकाशले मागे प्रधानमन्त्रीसँग जवाफ