काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका छन् । सामाजिक सञ्जाल विधेयकका विषयमा बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले सामाजिक सञ्जालको सही प्रयोग भएको छ छैन भन्नेमा ध्यान दिनुपर्ने बताएका हुन् ।
महामन्त्री शर्माले विधेयकमा रहेको केहि दफाहरूमा आफूहरूको आपत्ति रहेकाले यसलाई जस्ताको त्यस्तै अघि बढाउन नहुने बताए । उनले सामाजिक सञ्जाल विधेयक, २०८१ मा प्रस्तावित व्यवस्था परिमार्जन गरेर मात्रै पारित गरिने स्पष्ट पारे ।
महामन्त्री शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको प्रयोग गरिमा र मर्यादाको सन्दर्भमा बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिकको तहमा संविधानपछि बन्नुपर्ने कानुन पनि नबनेको बुझाइ छ : विश्वप्रकाश शर्मा
उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन्छः विश्वप्रकाश शर्मा
शान्त र संयममतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँ : महामन्त्री शर्मा
जग्गा दान लिएको विषयमा विश्वप्रकाशले मागे प्रधानमन्त्रीसँग जवाफ
फाइल खोलेको नक्कली कुरा गरेर रविले नहुने ‘स्टन्टमेनसीप’ देखाउन खोजे: विश्वप्रकाश शर्मा
रास्वपाबारे महामन्त्रीको कटाक्ष : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन