७ बुँदामा सरकारको आलोचना गर्दै कांग्रेस महामन्त्री शर्माले भने– यो प्रवृत्ति समर्थनयोग्य छैन

सफल खबर संवाददाता

बुधबार, ०३ बैशाख २०८२, १३ : ०६
७ बुँदामा सरकारको आलोचना गर्दै कांग्रेस महामन्त्री शर्माले भने– यो प्रवृत्ति समर्थनयोग्य छैन

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीको आलोचना गरेका छन् । सरकारको गतिमा असन्तोष जनाउँदै शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नगर्नुपर्ने निर्णयमा हतारो/गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन।’

सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र उसको साझेदार दल नेपाली कांग्रेसबीच खटपट भइरहेको समाचार आइरहेका बेला महामन्त्री शर्माले सात बुँदामा सरकारको आलोचना गर्दै आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।

उनले सामाजिक सन्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धी विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त भएका विषयमा सरकारको कामको आलोचना गरेका छन् ।

सरकार अनुभूतिमा भेटिनुपर्ने बताउँदै उनले सरकार चल्नुपर्ने तर कार्यशैली बदल्नुपर्नेमा जोड दिएका छन् । उनले सरकारलाई सुझाव समेत दिएका छन्, ‘कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ ।’

सरकारको कार्यशैलीको आलोचना गर्दै विश्वप्रकाश शर्माले सार्वजनिक गरेको धारणा-

 

 

प्रतिक्रिया दिनुहोस