काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद् अवरुद्ध गर्नु उचित नभएको बताएका छन् ।
बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले कुलमान घिसिङको विषय अदालतमा गइसकेका कारण संसद् अवरोध गरिरहने कुरा उचित नहुने बताएका हुन् ।
सरकारले गरेको हरेक निर्णयको जवाफ प्रधानमन्त्रीले सदनमा आएर दिनुपर्ने नजिर बसाउन नहुने उनले बताए । यद्यपि शर्माले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनु गलत भएको बताए ।
शर्माले आफू र अर्का महामन्त्री गगन थापाले पार्टीको पदाधिकारीका साथै प्रधानमन्त्री र मन्त्रीलाई कुलमानलाई नहटाउनको लागि सुझाव दिएको जिकिर गरे ।
उनले केही महिना मात्रै पदावधि बाँकी रहेका समयमा कुलमानलाई हटाउने निर्णयले सकारात्मक सन्देश जान नसकेको धारणा राखे । विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्न समेत जटिलता उत्पन्न भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको होइन : महामन्त्री शर्मा
नागरिकको तहमा संविधानपछि बन्नुपर्ने कानुन पनि नबनेको बुझाइ छ : विश्वप्रकाश शर्मा
उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन्छः विश्वप्रकाश शर्मा
शान्त र संयममतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँ : महामन्त्री शर्मा
जग्गा दान लिएको विषयमा विश्वप्रकाशले मागे प्रधानमन्त्रीसँग जवाफ
फाइल खोलेको नक्कली कुरा गरेर रविले नहुने ‘स्टन्टमेनसीप’ देखाउन खोजे: विश्वप्रकाश शर्मा