काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रह गरेका छन् । उनले दशैँ, तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने गरेको भन्दै शान्त, संयम र आत्मीयताका साथ मनाउन आह्वान गरेका हुन् ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले दसैँ पर्व शुरु हुनुपूर्वको विपदबाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै मृत आत्माको चीर शान्तिको कामना समेत गरे । शर्माले विपदमा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारजनमा समवेदना समेत प्रकट गरे ।
उनले शान्त र संयमसँग सामान्य चाडपर्वहरु मनउनुपर्ने समेत बताए । दीपावलीको दीपसँगै सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्नुपर्ने बताए ।
शर्माले भने, ‘दसैँ पर्व मनाउन सुरु गर्नुभन्दा दुई साता जति अघि मात्रै हामीले २ सयभन्दा बढी आफन्तहरुलाई गुमायौँ, बाढी र पहिरोको चपेटामा परेर । दसैँ मनाउँदै गर्दा हामीले शुभकामना आदानप्रदान त गर्यौँ । तर सँगै दिवंगत आत्माको शान्तिको कामना पनि गर्यौँ ।
ती परिवारजनलाई यो बेला पनि सम्झौँ । जब तिहार मनाउने तयारी हामी गर्दैछौँ । शान्त र संयमसँग सामान्य रुपमा तिहार मनाऔँ । तडकभडक नगरीकन, फजुल खर्च नगरीकन चाडपर्व मनाऔँ । ती सबैको आत्माको शान्तिको कामना गर्दै हामी यी पर्वहरु मनाऔँ ।
उनले भने, ‘म स्वदेश र विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा, दिदिबहिनी र दाजुभाईहरुलाई आउँदै गरेको तिहार (दीपावली), छठ, नेपाल संवत, उँधौली पर्व, सबैको हार्दिक शुभकामना दिन चाहन्छु ।
यो पर्वले हामी सबैको बीचमा आत्मीयता र प्रेम अभिवृद्धि गर्न सकोस् । दीपावलीको दीपसँगै हामी सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्न सकोस् । सबैलाई धेरै धेरै शुभकामना ।’महामन्त्री शर्माले आउँदै गरेको तिहार, छठ, नेपाल संवत, उँधौली पर्वको शुभकामना समेत दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन्छः विश्वप्रकाश शर्मा
जग्गा दान लिएको विषयमा विश्वप्रकाशले मागे प्रधानमन्त्रीसँग जवाफ
फाइल खोलेको नक्कली कुरा गरेर रविले नहुने ‘स्टन्टमेनसीप’ देखाउन खोजे: विश्वप्रकाश शर्मा
रास्वपाबारे महामन्त्रीको कटाक्ष : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन
रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापति कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ : महामन्त्री शर्मा
ओलीले संसदीय छानबिनमा चार कारण रविको नाम लेख्न चाहँदैनन् : महामन्त्री शर्मा