ताइवानमा आँधीका कारण आठ जनाको मृत्युः एक बेपत्ता, ८६६ घाइते

सफल खबर संवाददाता

शनिबार, १२ साउन २०८१, १३ : ४१
ताइवानमा आँधीका कारण आठ जनाको मृत्युः एक बेपत्ता, ८६६ घाइते

काठमाडौं। ताइपेई–ताइवानमा ‘टाइफुन गेमी’ आँधी (चक्रवात)का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । आँधीले एकजना बेपत्ता हुनुका साथै ८६६ जना घाइते भएको केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र (सीईओसी)ले जनाएको छ ।  

पछिल्लो समय आँधी ताइवानबाट चीन पुगेको छ । यद्यपि, मध्य र दक्षिणी ताइवानमा अविरल वर्षा जारी रहने त्यहाँको सञ्चारमाध्यम फोकस ताइवानले रिपोर्ट गरेको छ ।आँधी प्रभावित क्षेत्रमा भएका विभिन्न दुर्घटनामा परी मानिसहरूले ज्यान गुमाएको फोकस ताइवानले जनाएको छ ।

ज्यान गुमाउनेहरूको अहिलेसम्म पहिचान हुन नसकेको जनाउँदै फोकस ताइवानले अनुसन्धान जारी रहेको रिपोर्ट गरेको छ ।अधिकारीहरूले अझै पनि बेपत्ताहरूको खोजी गरिरहेका छन् ।

सीईओसीका अनुसार आँधीका कारण विस्थापित भएका एक हजार २३२ जनालाई सुरक्षित राख्नका लागि २७९  वटा आपतकालीन शिविर निर्माण गरिएको छ ।केन्द्रले ताइवानको पूर्वी र दक्षिणी भागमा अझै पनि भारी वर्षाको सम्भावना  रहेको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस