ताइपेई । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार भएको उक्त विष्फोटमा अरु १० जना घाइते भएका छन् । ताइचुङ शहरको शिन कङ मित्सुकोशी डिपार्टमेन्ट स्टोरको १२ औं तलामा रहेको फूड कोर्टमा विस्फोट भएको अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।
घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । आगो निभाउन दर्जनौँ अग्नि नियन्त्रकहरू खटिरहेका छन् । विष्फोटमा भवनको बाहिरी हिस्सा क्षतविक्षत भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ फागुन २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताइवानमा अस्पतालमा आगलागी, आठ जनाको मृत्यु
ताइवानमा आँधीका कारण आठ जनाको मृत्युः एक बेपत्ता, ८६६ घाइते
ताइवानमा नौ जना सवार जहाज डुब्यो
ताइवानी आकाशमा चिनियाँ लडाकु विमान
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ