एजेन्सी । ताइवानले करीब २६ चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरु आफ्नो सीमा नजिकै देखिएको बताएको छ ।
ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबीचको सिमानालाई विभाजित गर्ने मध्य रेखा पार गरेका छन् । चीनको यो कदमलाई उत्तेजक कार्यको रूपमा व्याख्या गरिएको छ ।
चिनियाँ लडाकु विमानको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्धपोत परिचालन गरेको ताइवानका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
पछिल्लो समय ताइवानी राष्ट्रपति लाई चिङ तेले आफ्नो सपथग्रहण समारोहमा चीनलाई विश्व शान्ति एवं स्थायित्वका लागि सबैभन्दा ठूलो रणनीतिक चुनौतीको संज्ञा दिएपछि चीन क्रुद्ध बनेको छ ।
ताइवानमा नयाँ सरकार गठन भएदेखि नै चिनियाँ सेनाका लडाकु विमानहरू दिनहुँ ताइवानको सिमानामा घुमिरहेका छन् । पछिल्लो घटनालाई पनि ताइवानमाथि दबाब सिर्जना गर्ने चिनियाँ रणनीतिसँग जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ जेठ २०८१, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
ताइवानमा अस्पतालमा आगलागी, आठ जनाको मृत्यु
ताइवानमा आँधीका कारण आठ जनाको मृत्युः एक बेपत्ता, ८६६ घाइते
ताइवानमा नौ जना सवार जहाज डुब्यो
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
ताइवान भूकम्प अपडेट : ४ को मृत्यु, २६ वटा भवनमा क्षति