ताइवानमा नौ जना सवार जहाज डुब्यो

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १६ : ३४
ताइवानमा नौ जना सवार जहाज डुब्यो

ताइपेई । ताइवानको दक्षिणी तटमा एउटा जहाज डुबेको छ । जेमी नामक ताइफुका कारण नौ जना चालक दलका सदस्य सवार रहेको फू सुन नामक एउटा मालवाहक जहाज डुबेको हो । सो जहाजमा सवार सबै म्यानमारका नागरिक भएको बताइएको छ ।

उद्धारकर्मीहरूले जहाजसँगै डुबेकाहरूको खोजी कार्य तीव्र पारेका छन् । ताइवान ताइफुको चपेटामा आउँदा जहाज दक्षिणी सहर काओसिङको बन्दरगाह नजिक थियो । यही ताइफुका कारण फिलिपिन्समा पनि लगातार पानी पर्दा करिब १ लाख ५० हजार लिटर औद्योगिक इन्धन बोकेको ट्याङ्कर डुबेको थियो ।

फिलिपिन्सको झन्डा बोकेको एमटी टेरा नोभा जहाजका १६ जना चालक दलका सदस्यलाई उद्धार गरिएको र एक जना अझै बेपत्ता रहेको ताइवानी यातायात मन्त्री बाउतिस्ताले बताएका छन् । 

बुधवार ताइवानको पूर्वी तटसँग जेमी ताइफु ठोक्किएको थियो । ताइफुका कारण ताइवानमा तीन जनाको मृत्यु भएको र सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । ताइवानको तटमा पुग्नुअघि यो ताइफुले फिलिपिन्समा ८ जनाको ज्यान लिएको थियो । फिलिपिन्समा ताइफुका कारण आएको बाढी र पहिरोमा परेर अहिलेसम्म २२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस