काठमाडौं। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको आज बसेको बैठकले प्रदेश सभा सदस्य रणसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।
माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माका अनुसार परियारलाई विनाविभागीय मन्त्रीका रूपमा पठाइएको हो ।
आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय माओवादी केन्द्रको भागमा परेको उनले जानकारी दिए ।'सरकारमा नयाँ जाने वा पुरानै पठाइने भन्ने अहिले केही छैन', उनले भने, 'बाँकी तीन मन्त्रीको टुङ्गो लागेपछिको कुन हुने भन्ने निर्क्योल हुन्छ ।'
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिइसकेपछि दलको बैठक बसेर मन्त्रीको टुङ्गो लगाइने बताए ।
आज माओवादीले एक जना विनाविभागीय मन्त्री भनेर रणसिंह परियारलाई पठाएको छ', उनले भने, 'मुख्यमन्त्रीले विश्वास मत लिइसकेपछि सरकारले पूर्णता पाउनेछ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको परिचय बदल्न युवाहरूको सङ्कल्प जरुरी : मुख्यमन्त्री कँडेल
प्रदेशको विकासका लागि एकजुट हुन आवश्यक : मुख्यमन्त्री कँडेल
पूर्वाधारसँग संस्कृति र सभ्यताको विकास पनि अनिवार्य छ : मुख्यमन्त्री कँडेल
विकासको मोडेल नबदलेसम्म विनाशको चपेटामा परिरहन्छौँ : मुख्यमन्त्री कँडेल
जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र
प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल