काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकासका लागि सबै एकमत हुन आवश्यक रहेको बताएका छन् ।
चौकुने –२ लगामको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले गाउँमा आएको बजेटलाई पारदर्शी रूपमा कार्यान्वयन गर्ने र विकासका लागि सबैको सकारात्मक धारणा कायम गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
‘हामी सधैं बजेटका लागि माथिको मुख ताक्छौं । त्यहाँबाट बजेट पनि आउँछ तर बजेट आइसकेपछि त्यसलाई सही ढंगले कार्यान्वयन गर्न चुकिरहेका छौं,’ उनले भने, ‘विकास निर्माण सबैका लागि बराबर भएकोले विकास गर्ने मामिलामा सबै दल र जनता एकै ठाउँमा हुनुपर्छ । तपाईंहरू पनि त्यही रूपमा अघि बढ्नुहोस् ।'
पश्चिम सुर्खेतमा देखिएका समस्या समाधानका लागि सरकारको ध्यान केन्द्रित रहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वाधारसँग संस्कृति र सभ्यताको विकास पनि अनिवार्य छ : मुख्यमन्त्री कँडेल
विकासको मोडेल नबदलेसम्म विनाशको चपेटामा परिरहन्छौँ : मुख्यमन्त्री कँडेल
जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र
प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल
कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने
समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिन्छ : मुख्यमन्त्री कँडेल