सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अहिले भइरहेको विकासको मोडल बदल्न आवश्यक रहेको बताएका छन् ।
भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरूलाई भवन संहिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दे मुख्यमन्त्री कँडेलले अहिले भइरहेको जथाभाबी विकासको मोडल बदल्न नसकिए विपत्तिको चपेटा मुक्त हुन नसकिने बताएका हुन् ।
जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने प्रचलन बढेकोमा चिन्ता व्यक्त गर्दे कँडेलले त्यसलाई रोक्न प्राविधिकहरू नै अघि सर्नुपर्ने बताए । उनले भने, ‘प्राविधिकलाई पन्छाएर डोजर चढेर हिँड्नेहरुले सडक मूल्याङ्कन गरिरहेको म देख्छु,यसबाट हामी बच्न सक्नुपर्छ ।
विकासको आवश्यकता भन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको मोडलले धेरै गाउँ बस्ती जोखिममा परेको उनको भनाइ थियो । जनप्रतिनिधिले जहाँ जहाँ भन्छन्, त्यहीँ जमिन भत्काउने कामलाई निरुत्साहन गर्न पनि प्राविधिकलाई कँडेलले सुझाव दिए ।
‘विकास कसरी गर्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा तपाई प्राविधिकले नै सही निर्णय गरेर जनप्रतिनिधिलाई उपयुक्त सुझाव दिने हो,’ उनले भने, ‘विकासको मोडललाई दीर्घकालीन र जोखिमरहित बनाउन तपाईँहरूकै भूमिका रहन्छ । ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेशको विकासका लागि एकजुट हुन आवश्यक : मुख्यमन्त्री कँडेल
पूर्वाधारसँग संस्कृति र सभ्यताको विकास पनि अनिवार्य छ : मुख्यमन्त्री कँडेल
जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र
प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल
कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने
समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिन्छ : मुख्यमन्त्री कँडेल