काठमाडौँ । भारत काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन गर्न लागिएको छ ।
मङ्गलवार आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा नेपाल नागरिक अभियाले आतङ्कवाद विरुद्ध ऐक्यबद्धता जनाउँदै काठमाडौँको चुनदेवी मन्दिर परिसरमा विरोध प्रदर्शन गर्न लागेको छ ।
हत्याको विरोधमा वैशाख १३ गते शनिवार प्रदर्शन गर्न लागिएका नागरिक अभियानका कार्यवाहक अध्यक्ष डा.हरिहर घिमिरेले जानकारी दिए । नेपाली कांग्रेस आदिवासी जनजाति विभागले समेत आतङ्कवाद विरुद्ध ऐक्यबद्धता जनाएको छ । त्रिचन्द्र क्याम्पस नेपाल विद्यार्थी युनियन (नेविसंघ) ले पनि शनिबार विरोधको कार्यक्रम राखेको छ ।
दुवै समूहले पाकिस्तानी दुतावस अघि धर्ना गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई जानकारी गराएका छन् ।उनीहरुले घटना लगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै पाकिस्तानै योजना अनुसार हिन्दु पर्यटकमाथि आक्रमण भएको दाबी गरेका छन् ।
मङ्गलवार भएको आतङ्कवादी हमलामा परी नेपाली युवा सुदीपसहित २६ जनाले ज्यान गुमाएका थिए । सुदिपको बुधबार नै बुटवल ल्याएर अत्यष्टि गरिसकेको छ । सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउँ खेल्ने र घुम्ने उद्देश्यले पाहलगमा पुगेका थिए ।
आतङ्ककारीले सुदीलाई नाङ्गै बनाएर गोली हानी हत्या गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १६ : ३३
लेखकबाट थप