काँक्रेविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र मुलुकमा देखापरेका विषम परिस्थितिसंग समान गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै आएको बताएका छन् ।
६९ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरीको समर्पणभाव सबैको प्रेरणाको स्रोत रहेको बताए ।
उनले भने, “अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याति हामी नेपाली र हाम्रो राष्ट्र नेपालका लागि पुँजी रहेको छ । सीमित साधन र स्रोका बाबजुद यो पुँजी निर्माणमा राज्यले सुम्पेको जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रहरीले देखाएको कार्यकुशलताका लागि सिङ्गो प्रहरी सङ्गठनलाई म धन्यवाद दिन चाहन्छु ।
मुलुकको विकास, समृद्धि र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरुरी रहेको चर्चा गर्दै उनले आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको प्रहरीको भूमिका अहम् हुने बताए । मुख्यमन्त्री कँडेलले भने, “नागरिकलाई कानुनी शासनको प्रत्याभूत हुनेगरी प्रहरी सबै खालका अवाञ्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रणमा पूर्ण सक्षम छ र सक्षम रहिरहनेछ भन्ने मलाई पूर्ण विश्वास लागेको छ ।
बदलिँदो परिस्थितिमा सूचना प्रविधिको विकाससँगै अपराधका नयाँ÷नयाँ आयामहरू विकसित भइरहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरी आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपुर उपयोग गर्न अझ सक्षम बन्नुपर्नेमा उनको जोड रहेको छ ।
उनले संविधानतः प्रदेश मातहत प्रदेश प्रहरी रहने व्यवस्था भए पनि सङ्घीय कानुनको अभावमा प्रदेश प्रहरी प्रदेश सरकार मातहत अझै आइनसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असोज २०८१, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको परिचय बदल्न युवाहरूको सङ्कल्प जरुरी : मुख्यमन्त्री कँडेल
प्रदेशको विकासका लागि एकजुट हुन आवश्यक : मुख्यमन्त्री कँडेल
पूर्वाधारसँग संस्कृति र सभ्यताको विकास पनि अनिवार्य छ : मुख्यमन्त्री कँडेल
विकासको मोडेल नबदलेसम्म विनाशको चपेटामा परिरहन्छौँ : मुख्यमन्त्री कँडेल
जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र
कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने