आज आइपिएलमा चेन्नई र हैदराबाद खेल्दै

सफल खबर संवाददाता

शुक्रबार, १२ बैशाख २०८२, १६ : ०३
आज आइपिएलमा चेन्नई र हैदराबाद खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दै छन् । यो खेल बेलुकी पौने ८ बजे चेन्नईको चेपुक स्टेडियममा सुरु हुनेछ ।

प्रतियोगितामा दुवै टोलीको प्रदर्शन निराशाजनक रहेको छ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न दुवै टोलीलाई जीतको आवश्यकता छ । हैदराबाट ८ खेलमा ४ अंकसहित तालिकाको नवौँ स्थानमा छ । चेन्नई ८ खेलमा ४ अंकसहित नेट रनरेटका आधारमा पुछारमा छ ।

आइपिएलमा यी दुई टोलीबीच अहिलेसम्म २१ पटक भेट भएकोमा चेन्नई १५ र हैदराबाद ६ खेलमा विजयी भएको छ । चेपुकमा हैदराबादले चेन्नईलाई अहिलेसम्म हराउन सकेको छैन । यी दुई टोलीबीच चेपुकमा अहिलेसम्म ५ पटक भेट भएकोमा सबै खेल चेन्नईले जितेको छ ।

 

प्रतिक्रिया दिनुहोस