काठमाडौं। सहकारीको पैसा हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदहरूले कटाक्ष गरेका छन्। आइतवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद शान्ति विकले अपराधमा छानबिन गर्ने गृहमन्त्री नै अपराधमा संलग्न रहेको आरोप लगाइन् ।
‘नेपालले शक्तिशाली माछा उत्पादन गरेको रहेछ । किलोका किलोको सुन पचाउने, सहकारीमा ज्याला मजदुरी गरेको रकम पनि माछाले निल्न छाडेन,’ उनले भनिन्, ‘अहिले बजार हल्ला छ– कांग्रेसले प्रधानमन्त्री अफर गर्यो रे ! केन्द्रीय समितिबाट हो कि प्रदाधिकारीबाट निर्णय भएको होला ?’
कांग्रेसकै सांसद सीता मीजारले गृहमन्त्रीमाथि लागेको आरोपमा उन्मुक्ति दिन खोजिएको भन्दै प्रश्न गरिन्–‘सहकारी ठगी प्रकरणमा जीबी राई कहिले पक्राउ पर्छन् ? गृहमन्त्रीमाथि लागेको आरोपबारे छानबिनको दायरामा आउनु पर्दैन ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने तारिखका लागि काठमाडौं अदालतमा उपस्थित
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
चितवनमा रवि लामिछानेको थुनछेक बहस, ६ सय प्रहरी फिल्डमा खटियो
रविलाई आज फेरि अदालतमा उपस्थित गराइने