काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आजका लागि तोकिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् । उनले रिटमा रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गरेकी छिन् ।
यसअघि लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएकोमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको रिट सर्वोच्चका न्यायाधीश ढुंगानाको इजलासमा
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई लगियो रुपन्देही
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने
‘राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’