काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
बैठकको अध्यक्षता गरेकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी युवराज शर्माले १७ मत पाए । राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन् । ५६ जना सांसद बैठकमा उपस्थित थिए ।
दाहाललाई माओवादीका सांसद गोपी बहादुर अछामीले अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए भने एमालेका सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद डा.बेदुराम भुसाल र जनता समाजवादीका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।
यता कांग्रेसबाट उम्मेदवार युवराज शर्मालाई कांग्रेस सांसद आनन्दप्रसाद ढुङ्गानाले अध्यक्षमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई कांग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोसपा सांसद शेखर कुमार सिंहले समर्थन गरेका थिए ।
राष्ट्रिय सभामा सबैभन्दा धेरै माओवादी केन्द्र १८ सदस्यसहित पहिलो दलको भूमिकामा रहेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसका १६ सदस्य छन् । तेस्रो स्थानमा रहेका एमालेका १० सदस्य रहेका छन् । चौथो स्थानमा नेकपा एकीकृत समाजवादीका ८ सांसद छन् भने जसपाको एक सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी
दलितको घर भत्काएको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
गैरसरकारी संस्था महासंघकाे अध्यक्षमा भट्टराई
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल, महासचिवमा अधिकारी