काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।
डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । चन्दले भने– ‘मैले व्यक्तिगत कारणले राजीनामा दिएको हुँ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु बताउँछन् ।
समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ । तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत एकजना अधिकृतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ जना डीआईजीको सरुवा, ४ जनाको पदस्थापन
सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)
डीआईजीद्वय ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस
डीआईजी बढुवाका लागि सशस्त्रले निकाल्यो सूचना
डीआईजी अर्जुन चन्दले फिर्ता लिए राजीनामा पत्र
१६ जना डीआईजीको सरुवा