काठमाडौं । २२ दिनपछि अवकाशमा जान लागेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईलाई गृह मन्त्रालयले बढुवा सिफारिस गरेको छ ।
मन्त्रालयमा आइतबार बसेको बढुवा समितिको बैठकले भट्टराईलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको हो । समितिको सिफारिसमाथि मन्त्रिपरिषद्ले एक साताभित्र निर्णय गर्नेछ ।
भट्टराई हाल कर्णाली प्रदेश प्रहरी कार्यालयमा प्रमुख छन् । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरका ब्याचमेट उनी आगामी ४ चैत राति १२ बजेदेखि अवकाशमा जानेछन् ।
सेवा अवधि बाँकी छँदै २७ माघमा एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि एउटा दरबन्दी खाली भएको थियो । तर, अवकाशको एक महिनाअघि केसीको राजीनामा आउँदा त्यसबेलै अर्का डीआईजीलाई बढुवा गर्न राजीनामा गराइएको भन्दै आलोचना भएको थियो ।
केसी पनि एक महिना अघि मात्र बढुवा सिफारिस भएका थिए । अधिकृतहरूका अनुसार, त्यसबेलै उनलाई अवकाश अगावै राजीनामा दिने सर्तमा बढुवा गराइएको कतिपयको दाबी छ । यसअघि निजामती सेवामा निश्चित व्यक्तिलाई बढुवा गर्न राजीनामा दिन लगाएर अन्यत्रको आकर्षक प्रस्ताव दिने चलन देखिँदै आएको थियो ।
तर, प्रहरीमा कसैलाई बढुवा गर्न राजीनामा गराइएको यो पहिलो घटना भएको अधिकृतहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
बढुवा भएका ८ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान
३ जना डीआईजीको सरुवा, ४ जनाको पदस्थापन
सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)
डीआईजीद्वय ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस