काठमाडौँ । नेपाल प्रहरीका ३ जना डीआईजीहरुको सरुवा र ४ जनाको पदस्थापन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गरेका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयमा अर्जुन चन्द ठकुरीलाई पठाइएको छ । कर्णालीमा कार्यरत डीआईजी लालमणी आचार्यलाई अवधि नपुग्दै हटाइएको छ । आचार्यलाई भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।
रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । उनी विशेष ब्यूरोमा कार्यरत थिए ।
नवनियुक्त चारजना डीआईजीलाई पदस्थापन गरिएको छ । डा. मनोज केसीलाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ । डीआईजी दान बहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, कृष्णहरी शर्मा पोखरेललाई उपत्यका प्रहरी कार्यालय र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढुवा भएका ८ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान
सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)
डीआईजीद्वय ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस
डीआईजी बढुवाका लागि सशस्त्रले निकाल्यो सूचना
डीआईजी अर्जुन चन्दले फिर्ता लिए राजीनामा पत्र
डीआईजी अर्जुन चन्दले दिए राजीनामा