सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, २० बैशाख २०८१, ११ : ११
सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले १६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक(डीआईजी) को सरुवा गरेको छ । उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयबाट मंगलवार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरिएको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ को (ख) अनुसार डीआईजीहरूको सरुवा गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागका डीआईजी ई. किशोर प्रधानको पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौमा सरुवा भएको छ भने डीआईजी कमल गिरीलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

हेनुहोस् सूची:

प्रतिक्रिया दिनुहोस