काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताएका छन्।
शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरू कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरी कुनै पनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हित विपरीत भएको दाबी गरे। उनले छिमेकी देशले दिने अनुदान आफूहरू सहर्ष स्विकार्न तयार रहेको तर कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशका लागि नराम्रो भएको उल्लेख गरे।
उनले भने, ‘नेपाल दक्षिण एशियाको सबैभन्दा जेठो मुलुक हो। हाम्रो देशलाई अहिलेसम्म कसैले प्रभुत्वमा राख्न सकेका छैनन्। त्यसैले नेपालको स्वतन्त्रता दिवस पनि छैन। यस्तो स्वतन्त्र मुलुकले अरू देशको दूतावासबाट सोझै रकम ल्याउने गरी परियोजना बनाउनु हाम्रो राष्ट्रिय हितको कुरा हुँदैन। यो राष्ट्रिय हित विपरीत हुन्छ।’ सम्मानित नेता खनालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर सरकार अघि बढ्न जरुरी रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ पुस २०८०, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनमोहनलाई सम्झिँदै झलनाथले भने- छोटो समय प्रधानमन्त्री हुनुभयो तर अझै नेपालीले बिर्सिएका छैनन्
भारतले ४० रोपनी नेपालको भूमि कब्जा गर्यो : झलनाथ खनाल
शिक्षकहरूको माग सम्बोधन नगरे सरकारविरुद्ध जनआन्दोलन गर्ने झलनाथको चेतावनी
मोर्चाको जुलुसमा जान स्वास्थ्यले साथ दिँदैन : झलनाथ खनाल
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग
महिलामाथि हुने शोषणाविरूद्धको संघर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल