भारतले ४० रोपनी नेपालको भूमि कब्जा गरेको गर्यो : झलनाथ खनाल

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, १२ : १४
भारतले ४० रोपनी नेपालको भूमि कब्जा गरेको गर्यो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाकालीमा भइरहेको सीमा अतिक्रमणलाई रोक्न माग गरेका छन्। भारतीय पक्षले करिब ४० रोपनी नेपालको भूमिलाई एकलौटी ढंगले कब्जा तटबन्ध बनाइरहेको उनको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त भूमि नेपालकै नाप नक्सामा रहेको छ। त्यसैले दार्चुलाको खलङ्गास्थित आम जनता र स्थानीय जिल्ला प्रशासनले समेत उक्त भूभाग नेपालको हो भन्दाभन्दै, तथ्यका आधारमा दाबी गर्दागर्दै, स्थानीय प्रशासनले रोक्दा रोक्दै भारतीय पक्षले सुनेको नसुन्यै अटेर गरेर उक्त नेपाली भूभागलाई कब्जै गर्ने ढंगले अघि बढिरहेको छ।’

नेपालको उक्त अभिन्न भू-भागमाथि स्थानीय जनता र प्रशासनको समेत बेवास्ता गरेर भारतीय पक्षबाट त्यहाँ ठाडै सीमा अतिक्रमण गरिरहेको अवस्था रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस