काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताएका छन् । मंगलबार नेकपा एमालेले आयोजना गरेको सुवास र संविधान विषयक कार्यक्रमलाई एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधान बनाउँदा नेतृत्व वर्ग सचेत भएजस्तो कार्यान्वयको बेलामा भने हुन नसकेको जिकिर गरे । उनले बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रुपमा संविधानमा उल्लेख भएअनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको स्पष्ट पारे ।
उनले संविधानको मर्म र भावनालाई जनतामा बुझाउन नसक्दा अहिले कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको बताए । उनले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न नसक्नु नेतृत्वको कमजोरी भएकाले अब सबैले संविधानको कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
पूर्वप्रधानमन्त्री खनालले देशको राजनीति दिशाहीन भएको बताए । उनले राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा संकटहरु बढ्दै गएको बताए । उनले देशका वामपन्थीहरु मेलमिलाप भएमात्रै स्व.सुवासचन्द्र नेम्वाङप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असोज २०८०, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोर्चाको जुलुसमा जान स्वास्थ्यले साथ दिँदैन : झलनाथ खनाल
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग
महिलामाथि हुने शोषणाविरूद्धको संघर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल
लोकतान्त्रिक शासन व्यवस्थाले सहिदको सपना पूरा गर्नुपर्छ : नेता खनाल
सुखानी हत्याकाण्ड अत्यन्त पाशविक थियो : पूर्वप्रधानमन्त्री खनाल
तत्काल कुनै पार्टीसँग एकीकरणको सम्भावना छैन : झलनाथ खनाल