काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताएका छन्।
समाजवादी सहकारी सङ्गठनको प्रथम स्थापना दिवसका अवसरमा आज पूर्व प्रधानमन्त्री खनालले सबै समस्याको समाधानका लागि समाजवाद निर्विकल्प भएकाले समाजवादकै बाटोमा जानुपर्नेमा जोड दिए।
उनले सामाजिक न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिँदै राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी, समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउनुपर्ने बताए। उनले भ्रष्टाचार न्यूनीकरणका लागि सबै राजनीतिक दलको साझा दृष्टिकोणको आवश्यक रहेको बताए।
नेता खनालले संविधान र गणतन्त्र रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने विचार व्यक्त गरे। सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रका लागि समाजवादी अर्थव्यवस्था महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
सो अवसरमा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा फाँट इन्चार्ज डा विजय पौडेल, समाजवादी सहकारी सङ्गठनका अध्यक्ष नवराज अर्याल, सहकारी इन्चार्ज गोविन्द कोइराला, पार्टीका पोलिटब्यूरो सदस्य तथा कृषक महासङ्घका अध्यक्ष बलराम बाँस्कोटालगायतका नेताहरूले शुभकामना मन्तव्य राखे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, २१ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोर्चाको जुलुसमा जान स्वास्थ्यले साथ दिँदैन : झलनाथ खनाल
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग
महिलामाथि हुने शोषणाविरूद्धको संघर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल
लोकतान्त्रिक शासन व्यवस्थाले सहिदको सपना पूरा गर्नुपर्छ : नेता खनाल
सुखानी हत्याकाण्ड अत्यन्त पाशविक थियो : पूर्वप्रधानमन्त्री खनाल
तत्काल कुनै पार्टीसँग एकीकरणको सम्भावना छैन : झलनाथ खनाल