एजेन्सी । भारतमा बिपरजोय नामक सामुद्रिक आँधी (चक्रवात) शक्तिशाली बन्दै गएको त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आगामी २४ घण्टामा उक्त चक्रवात अझै तीव्र हुने देखिएको छ।
अरब सागरमा आएको यो शक्तिशाली आँधीको असर आज भारतको गुजरातको तटीय क्षेत्रमा देखिएको छ। यसको प्रभावले वलसाडको समुद्री किनारमा शक्तिशाली छाल उठिरहेका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार, वलसाडका तहसीलदार टीसी पटेलले तिथल समुद्र तटमा जुन १४ सम्म पर्यटकलाई जान रोक लगाइएको बताएका छन्।
चक्रवातको प्रभावले जुन १४ सम्म सौराष्ट्र–कच्छ र गुजरातका अन्य भागमा छिटपुट वर्षाको सम्भावना रहेको भारती मौसम विभागले जनाएको छ।
गुजरातको तटीय क्षेत्रमा अलर्ट गरिएको छ र माछा मार्नेहरूलाई समुद्रमा नजान सुझाव दिइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
भारतमा ‘दाना’ आँधीको आतंक
अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो
फ्लोरिडा आइपुग्यो मिल्टन आँधी, १० लाख मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी
अमेरिकामा आयो अर्को शक्तिशाली आँधी