एजेन्सी । सुडानको विपक्षी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सले एक पक्षीय रुपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको छ ।
एक हप्तादेखि राजधानी खार्तुमा नै चर्किएको सत्ता संघर्षकाबीच इद उल फितर पर्वलाई लक्षित गर्दै आरएसएफले एक पक्षीय युद्ध बिरामकाे घोषणा गरेको हो । स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजेदेखि सुरु हुने युद्ध बिराम ७२ घण्टासम्म रहने पनि सोही समूहले जनाएको छ ।
शुक्रबार बिहानै पनि खार्तुममा भीषण बमबारी भएको छ । त्यसका लागि सरकारी सेना र विपक्षीले एक- अर्कालाई आरोप लगाएका छन् । सत्ता संघर्ष चर्किदै जाँदा हजारौं सर्वसाधारणले खार्तुम छाडिरहेका छन्।
युद्ध बिरामको मौका छोपेर अझै धेरै सर्वसाधारण शहरबाट बाहिरने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०८ बैशाख २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
सरकारी प्रतिनिधिबिनै सुडानको युद्धविराम वार्ता शुरू हुँदै
सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा