जनकपुरधाम । मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रीका रुपमा सुनिता यादव र उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् । उद्योगमन्त्री यादवलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ दिलाएका हुन् ।
उद्योगमन्त्री यादव धनुषाबाट निर्वाचित समानुपातिक सांसद हुन् भने अन्सारी पर्सा १(१) बाट निर्वाचित सांसद हुन् । प्रदेशमा असन्तुष्ट बनेका माओवादी केन्द्रका यी दुईजना सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मधेस प्रदेश सरकार १५ सदस्यीय रहेको छ ।
मुख्यमन्त्रीलाई समर्थन दिएका चार दल सरकारमा सहभागी भएपनि माओवादी केन्द्र सहभागि नभएपछि प्रदेश सरकारले पूर्णता पाएको थिएन । मन्त्री यादवले मैथिली र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथ लिएका छन् ।
उनीहरुले प्रदेशमा मन्त्रीमण्डल बाँडफाँडको विषयमा असन्तुष्ट भएपनि पुरानै मन्त्रालयको मन्त्रीको रुपमा सपथ लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ माघ २०७९, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु
मधेस प्रदेशमा धान उत्पादन बढ्यो
मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने
प्रधानमन्त्री ओलीले अर्ब घुस खाँदा केही नहुने रहेछ : रामेश्वर राय यादव
मैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिँहद्वारा निरीक्षण