जोहानेसबर्ग । दक्षिण अफ्रिकाको एक सहरमा जन्मदिन मनाइरहेका मानिसहरूको एक समूहमाथि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठजनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना घाईते भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
पोर्ट एलिजाबेथको दक्षिणी बन्दरगाह शहर जिकेबेर्हामा भएको गोलीकाण्डमा मारिएकामध्ये जन्मदिन मनाइरहेका घर मालिक र केही पाहुनाहरूको मृत्यु भएको हो । घरका मालिकले आफ्नो जन्मदिन मनाइरहेका बेला आइतबार साँझ दुई अज्ञात बन्दुकधारी आँगनमा पसेर पाहुनामाथि गोली चलाएको प्रहरीले जारी गरेको एक विज्ञप्तिमा पुष्टि गरिएको छ ।
बन्दुकधारीहरूले ‘अतिथीहरूमाथि अन्धाधुन्ध गोली चलाएका र आठजनाको मृत्यु भएको’ छ भने घटनामा गम्भीर घाइते भएका अन्य तीनजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।
पूर्वी केप प्रान्तका प्रान्तीय प्रहरी प्रमुख नोम्थेथेलेली मेनेले हत्यालाई ‘मानव जीवनको घोर अवहेलना’ भन्दै निन्दा गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दक्षिण अफ्रिका संसारको उच्च हत्या दर भएका म्लुकमध्ये एक हो र यहाँ सामान्य भनाभनबीच नै नै गोली चलाउनुलाई सामान्य मानिन्छ । अक्सर जातीय झगडा र रक्सीको कारण यस्ता हत्या हुने गर्छन् ।
गत वर्ष दक्षिण अफ्रिकाको जोहानेसबर्ग र पूर्वी शहर पिटरमारिट्जबर्गको श्रमिक वर्गको उपनगरीय इलाकामा रहेका छुट्टाछुट्टै बारहरूमा गोली चल्दा करिब दुई दर्जनको मृत्यु भएको थियो ।
गृहमन्त्री भेकी सेले, राष्ट्रिय प्रहरी आयुक्त फान्नी मासेमोला र अपराध विज्ञहरूले सोमबार बिहान घटनास्थलको अवलोकन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ माघ २०७९, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा
दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले जित्यो सिरिज
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा
दक्षिण अफ्रिकाको लगातार पाचौं जित
रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुन: निर्वाचित
दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु