दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले जित्यो सिरिज

एजेन्सी

शनिबार, ०५ असोज २०८१, ०९ : ३४
दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले जित्यो सिरिज

एजेन्सी । यूएईमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १७७ रनले हराउँदै अफगानिस्तानले सिरिज जितेको छ।

अफगानिस्तानको यो ठूलो जितमा राशिद खान नायक बने। उनले ९ ओभरमा १९ रन दिएर ५ विकेट लिए । खेलको प्लेयर अफ द म्याचको अवार्ड राशिद खानले पाए।अनि विकेटकिपर ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले शतक खेल्दै १०५ रन बनाए।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३१४ रनको ठूलो स्कोर बनाएको थियो। गुरबाजले शतक तथा अजमातुल्लाह उमरजाई र रहमत शाहले अर्धशतक खेले। टोलीका लागि उमरजाईले ८६ रन जोडे भने रहमत शाहले ५० रन जोडे।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकी टोलीले राम्रो सुरुवात गरेको थियो। तर पछि टोली लडखडाउँदै गयो र जम्मा १३४ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ३८ रन बनाए।