दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलनमा अमेरिका सहभागी नहुने

सफल खबर संवाददाता

विहीबार, २४ माघ २०८१, १४ : ०७
दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलनमा अमेरिका सहभागी नहुने

काठमाडौं। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा हुने जी-२० शिखर सम्मेलनमा अमेरिका सहभागी नहुने भएको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जी-२० शिखर सम्मेलनमा अमेरिका सहभागी नहुने जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमा यो जानकारी साझा गर्दै भनेका छन्, 'दक्षिण अफ्रिकाले धेरै नराम्रो काम गरिरहेको छ। यसले सार्वजनिक प्रयोगको लागि निजी सम्पत्तिहरू अधिग्रहण गरिरहेको छ।'

उनले आफ्नो काम अमेरिकाको राष्ट्रिय हितलाई अगाडि बढाउनु भएको बताएका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा हुने सम्मेलनको नारा 'एकता, समानता र दिगोपन' कायम गरिएको छ । जोहानेसबर्गले २०२५ मा जी-२० शिखर सम्मेलनको अध्यक्षता गर्दैछ । यो २० देशहरूको समूह हो ।

 

 

 

 

 

एसियाले आर्थिक संकटको सामना गरेका बेला विभिन्न देशका अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूले मिलेर एउटा मञ्च गठन गरेका थिए । जी-२० को पहिलो बैठक सन् २००८ मा अमेरिकाको वाशिंगटनमा आयोजना भएको थियो।

 

 

जी-२० समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणराज्य, मेक्सिको, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका छन् । समूहको २०औं सदस्य युरोपेली संघ हो ।