काठमाडौं । हिमालयन बैंकले आफ्नो सेवा–सुबिधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगंजको कान्ति बाल अस्पतालमा बुधबार देखि थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो । उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् ।
बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० र ६००० भन्दा बढी POS Terminals बाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ माघ २०७९, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमालयन बैंकको ४ लाख २८ हजार संस्थापक सेयर बिक्रीमा
हिमालयन बैंकको शाखा स्थानान्तरण
हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण