एजेन्सी । रुसले युक्रेनका विभिन्न सहरहरुमा तीब्र हमला गरेको छ । युक्रेनी सहर किभ, खार्किभ र निप्रोलाई निशाना बनाएर रुसी सेनाले कैयौं हमला भएका छन् ।
पूर्वी युक्रेनी सहर निप्रोमा रहेको एक आवासीय भवनलाई लक्षित गरी शनिबार भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ६४ जना घाइते भएका छन् ।
यसैबीच, युक्रेनको राजधानी कीभ र पूर्वी सहर खार्किभका महत्वपूर्ण पूर्वाधारहरू शनिबार बिहान रुसी मिसाइल आक्रमणबाट प्रभावित भएका छन्। अर्को क्षेत्रका गभर्नरले आगामी घण्टामा ठूलो मिसाइल आक्रमणको चेतावनी दिएका छन् ।
‘महत्वपूर्ण पूर्वाधार सुविधाहरूमा मिसाइल आक्रमण भएको छ । विवरणहरू जाँच भइरहेको छ’, राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले भने।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०१ माघ २०७९, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण जारी राख्ने रुसको चेतावनी
युद्धरत युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता
मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
युक्रेनमा पुनः रुसी आक्रमण, पाँच जनाको मृत्यु
फ्रान्सेली विदेश मन्त्री युक्रेनमा
युक्रेनमा रुसी मिसाइल आक्रमण, ५० भन्दा बढीको मृत्यु