काठमाडौँ । आम जनता पार्टी (आजपा) ले जनआन्दोलन दिवसको अवसरमा आउँदो २४ चैतमा काठमाडौँमा विशेष प्रदर्शनका साथै खबरदारी सभा गर्ने भएको छ । आजपा काठमाडौँ उपत्यका विशेष कमिटीको आज कोटेश्वर स्थित पार्टी कार्यालयमा बसेको बैठकले काठमाडौँमा २४ चैतमा विशेष प्रदर्शनका साथै खबरदारी सभा गर्ने निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भईसकेको दाबी गर्दै भ्रष्टाचारीलाई खबरदारी गर्नका लागि दलाल दलतन्त्रका विरुद्ध विशेष प्रदर्शन र खबरदारी सभाको तयारीमा जुट्न निर्देशन दिए ।
२४ चैतमा जनआन्दोलन दिवसकै दिन भ्रष्टाचार विरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक विरुद्ध जागरण अभियान समेत सञ्चालन गर्ने निर्णय गरेको छ । कर आतंक विरुद्धको जागरण अभियानको क्रममा आजपाले अन्तरक्रिया कार्यक्रम, भेला, प्रदर्शनसँगै संगठन निर्माण समेत गर्ने आजपा प्रवक्ता चन्द्र भूषण साहले जनाएका छन् ।
प्रदर्शन र भ्रष्टाचारीलाई खबरदारी गर्न दलाल दलतन्त्र विरुद्धको खबरदारी सभालाई भव्यरुपमा सम्पन्न गर्नका लागि आजपाले विभिन्न समितिहरू गठन भएको छ । आजपा वरिष्ठ उपाध्यक्ष तिलक थापाको नेतृत्वमा जनपरिचालन कमिटी, महासचिव त्रिभुवन साहको नेतृत्वमा व्यवस्थापन समिति गठन भएको छ ।
यसैगरी उपमहासचिव एवं प्रवक्ता चन्द्र भूषण साहको नेतृत्वमा प्रचार प्रसार समिति, आईटी आर्मीका युवा नेता आर्या पाण्डेको नेतृत्वमा स्वयमसेवक परिचालन समिति, रञ्जु साहको नेतृत्वमा आर्थिक परिचालन समिति गठन भएको आजपा स्थायी कमिटीका सदस्य रवीन्द्र सिंहले जनाएका छन् ।
यस्तै आजपाले आउँदो २६ माघमा काठमाडौँमा कर आतंक विरुद्ध अन्तरक्रिया कार्यक्रम गर्न लागेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेलबारे मन्त्रिपरिषद्को निर्णयमा आजपाको आपत्ति
आजपाले बोलायो केन्द्रीय समिति बैठक
आजपाद्वारा भन्सार कानुनविरुद्ध चौथो चरणको आन्दोलन सुरु
आजपा र समाजवादी जनएकता पार्टीबीच एकीकरण
भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन आजपाको माग
आजपाले काठमाडौंमा जनप्रदर्शन गर्ने