चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोजनमा त्रुटि गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्तामाथि छानबिन थालिएको छ ।
जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई जिल्ला सरकारी वकिलको कार्यालय चितवनबाट तत्काल महान्याधिवक्ताको कार्यालयमा सरुवा गरेर छानबिन सुरु गरिएको हो । सरकारी वकिलको कार्यालयले हिजो सहारा बचत तथा ऋण सहकारीको रकम अपचलनसम्वन्धी मुद्दामा लामिछानेसहित १५ जनामाथि पूरक अभियोजन दर्ता गरेको थियो । उक्त अभियोजनमा लामिछानेलाई ‘संगठित अपराध’ हटाएर ‘ठगी’ को कसुर मात्रै लगाइएकोप्रति महान्यायाधीवक्ताको कार्यालय सन्तुष्ट छैन ।
यही विषयमा लुइँटेललाई चितवनबाट तानेर छानबिन सुरु गरिएको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता समेत रहेका प्रवक्ता सूर्यराज दाहालले बताए । नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको उनले जानकारी दिए ।
हिजै गठित समितिमा उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहयायाधीवक्ता इश्वरीप्रसाद ढकाल र महान्यायाधीवक्ताको कार्यालयका उपन्यायाधीवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेका छन् । समितिले हिजोदेखि नै काम थालेको छ । तर, समितिको कार्यकाल भने यकिन नभएको दाहालले बताए ।
छानबिनबाट प्राप्त हुने तथ्यअनुसार थप प्रक्रिया अघि बढ्ने प्रवक्ता दाहालको भनाइ छ । लुइँटेललाई महान्याधिवक्ताको कार्यालय तानिएसँगै चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई ल्याइएको छ ।
लुइँटेल जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा कार्यरत रहेको डेढ वर्ष पुगेको थियो । उनी २०८० कार्तिक २० मा चितवनमा हाजिर भएर काम सुरु गरेका थिए । सामान्यतया जिल्ला न्यायाधिवक्ताको २ वर्षमा सरुवा हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता, ५६ कराेड पुग्याे बिगाे
रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै
सभामुखलाई रविले बुझाए निलम्बन फुकुवाको निवेदन
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
रवि लामिछानेको पुनरावेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन
उच्च अदालत पोखरामा दर्ता भयो रवि लामिछानेले दिएको निवेदन, ७ पेज लामो पुनरावेदनभित्र के छ ?