काठमाडौँ । युद्धको चपेटामा रहेको युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता मुलुक बनेको छ । रुससँग युद्धकै अवस्थामा रहेको युक्रेनबाट नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) सम्म नौ अर्ब १० करोड रुपियाँको सामान आयात गरेको छ । युक्रेनभन्दा अघि छिमेकी मुलुक चीन र भारतबाट नेपालले सबैभन्दा धेरै वस्तु आयात गरेको छ ।
युक्रेनबाट नेपालले सबैभन्दा धेरै कच्चा सूर्यमुखी तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । चार महिनामा नेपालले युक्रेनबाट आठ अर्ब २५ करोड रुपियाँको कच्चा सूर्यमुखी तेल आयात गरेको छ । युक्रेन विश्वमा सबैभन्दा धेरै सूर्यमुखी तेल उत्पादन गर्ने मुलुकमा पर्छ ।
सूर्यमुखी तेलबाहेक युक्रेनबाट नेपाललले कच्चा भटमास तेल, धनियाँको बिउ, गहुँ, तोरीका दाना पनि आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
युक्रेनले तेल भण्डारणमा आक्रमण गरेको रुसको आरोप
युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति