काठमाडौँ । सुर्खेतमा झोलुंगे पुल मर्मत गर्ने क्रममा २ जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् ।
जिल्लाको बराहताल गाउँपालिका-४ को कुटा र पञ्चपुरी नगरपालिका-१० को चाम्री जोड्ने झोलुंगे पुल मर्मतका क्रममा २ जना मजदुर भेरीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ का २४ वर्षका अनिल घर्ती र सोही ठाउँका १८ वर्षका अर्जुन झाँक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरू पुल बाँध्ने क्रममा खसेर बेपत्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिमाईको झोलुंंगे पुल नयाँ पर्यटकीय गन्तव्य
राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुंगे पुल उद्घाटन