एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शनिबार युक्रेनी सेनाले दुई घाइते उत्तर कोरियाली सैनिकलाई रुसको कुर्स्क क्षेत्रमा युद्धबन्दीको रूपमा कब्जा गरेको दाबी गरेका छन् ।
जेलेन्स्कीका अनुसार दुवै सैनिकलाई ‘आवश्यक चिकित्सा सहायता’ दिइँदैछ। उनीहरू दुवैलाई राजधानी कीभस्थित युक्रेनको सुरक्षा सेवा (एसबीयू) को हिरासतमा राखिएको छ । युक्रेनी राष्ट्रपतिले उत्तर कोरियाली सैनिकलाई पक्रन युक्रेनी प्याराट्रूपर्स र स्पेसल अपरेसन फोर्सका सिपाहीहरूप्रति ‘कृतज्ञ’ रहेको बताए। उनले यो ‘सजिलो काम नभएको’ पनि बताए।
युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको कुनै प्रमाण मेटाउन रुसी र उत्तर कोरियाली सेनाले घाइते उत्तर कोरियालीहरूलाई सामान्यतया मृत्युदण्ड दिने जेलेन्स्कीको दाबी थियो ।
युक्रेनको गुप्तचर सेवाले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाली सैनिकहरूलाई जनवरी ९ मा पक्राउ गरिएको र तुरुन्तै जेनेभा महासन्धि अन्तर्गत तोकिएको आवश्यक चिकित्सा हेरचाह प्रदान गरिएको बताएको छ । त्यसपछि उनीहरूलाई किभ ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ पुस २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार
युक्रेनबाट २ जना नेपालीको उद्धार
अनुमतिविना युक्रेन आउने विदेशी शान्ति सेनालाई आक्रमण गर्ने रुसको चेतावनी
रुसमाथि युक्रेनले गर्यो अहिलेसम्मकै ठुलो हमला, रुस भन्छ: चाँडै बदला लिन्छाैँ
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते
युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण जारी राख्ने रुसको चेतावनी