अछामका काँग्रेस क्षेत्रीय सभापति काठमाडौँबाट पक्राउ

सफल खबर संवाददाता

बुधबार, २३ माघ २०८१, १५ : ०३
अछामका काँग्रेस क्षेत्रीय सभापति काठमाडौँबाट पक्राउ

काठमाडौँ। मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौँको महाराजगञ्जले पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले बताए।

विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौँ ठगी गरेको अभियोग उनीमाथि छ । पीडितहरूको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताएका छन् । खनालमाथि थप अनुसन्धान भइरहेको जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस