काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान ११ बजे बस्नेगरी सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
‘भोलि ११ बजे हामीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छौं । भोलिको बैठकमा हामी के के निर्णय गर्ने भन्नेबारे पनि छलफल हुन्छ,’ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।
उनका अनुसार माघ १८ गतेदेखि ३० गतेसम्म बस्ने संसद् बैठकको क्यालेन्डर पनि तयार पारिएको छ ।विधेयक निर्माण र राष्ट्रिय नीतिबारे बहस गर्नका लागि महत्त्वपूर्ण बनाउनेगरी आजको बैठकमा छलफल भएको उनले बताए ।
संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । उक्त दिन प्रधानमन्त्री लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।सोही दिन सरकारले ल्याएका अध्यादेशहरू संसद्मा पेस हुने र २२ गते बस्ने बैठकमा निर्णयार्थ पेस हुने पनि बर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ माघ २०८१, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
राष्ट्रिय सभाको कार्यव्यवस्था बैठक सुरु
संसद् बैठकअघि सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक
सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी