एजेन्सी । रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनको भूमिमा बालिस्टिक मिसाइल आर्सनिक प्रयोग गर्दै जाने बताएका छन्। रातभर युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गरेपछि पुटिनले युक्रेनले अमेरिकाले पठाएको मिसाइल रुसको भूमिमा प्रक्षेपण गरेको प्रतिक्रियामा सो मिसाइल प्रयोग गरिएको बताए।
युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले भने रुसको कुनै पनि किसिमको ब्ल्याक मेल स्वीकार्य नहुने बताएका छन्। पश्चिमा सहयोगी देश अमेरिका, फ्रान्स र बेलायतले अनुमति दिएसँगै युक्रेनले रुसमा अमेरिकाले दिएको मिसाइल तथा बेलायत र फ्रान्सको सहयोगमा प्राप्त स्टर्म स्याडो मिसाइल रुसमा प्रयोग गरेको थियो।
रुसको आक्रमणमा कसैको ज्यान नगए पनि १० लाख मानिस प्रभावित भएको युक्रेनी पक्षले जनाएको छ। ऊर्जा केन्द्रको आक्रमणपछि बिजुली बत्ती नहुँदा १० लाख बढी प्रभावित भएका हुन्।
जेलेन्सकीले लगातारको बमबारी र आक्रमण सर्वसाधारण रहेको स्थान तथा ऊर्जा केन्द्रमा भइरहेको बताएका छन्। पुटिनले ९० मिसाइल र १०० ड्रोन प्रहार गरिएको बताए। यसैमध्य आर्सनिक पनि रहेको छ। अमेरिकी अधिकारीको विश्वासमा भने रुससँग यस्ता आर्सनिक मिसाइलको सङ्ख्या एकदमै कम छ। लगातार आक्रमणका लागि उसले अझ धेरै निर्माण गर्नुपर्ने हुन्छ।
रुसको ऊर्जा केन्द्रमा भएको आक्रमणपछि जेलेन्सकीले रुसले युद्धको अन्त्य नचाहेको तथा अन्यलाई युद्धबाट टाढा राख्न प्रयोग गरेको आरोप लगाएका छन्। रुसको राष्ट्रिय सञ्चार माध्यम आइआइएले जनाए अनुसार मस्कोको अधिकारीहरूले युक्रेनले कुनै पनि हालतमा आणविक हतियारको सहयोग नपाउने र त्यसो भएमा रुसले अर्को भयानक र घातक हमला गर्ने चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति जो जो बाइडेनले पद त्याग गर्नु अघि नै युक्रेनलाई आणविक हतियार दिन कुनै अमेरिकी अधिकारीले सल्लाह दिएको समाचार बाहिर आएरपछि रुसले सो प्रतिक्रिया जनाएको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ मंसिर २०८१, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्धरत युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता
मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
युक्रेनमा पुनः रुसी आक्रमण, पाँच जनाको मृत्यु
फ्रान्सेली विदेश मन्त्री युक्रेनमा
युक्रेनमा रुसी मिसाइल आक्रमण, ५० भन्दा बढीको मृत्यु
रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको अर्को ठूलो हमला, विशेष पुल ध्वस्त