काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले २०८४ को निर्वाचनअघि वामपन्थी ध्रुवीकरणको सम्भावना नरहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका उपमहासचिव पुनले वामपन्थी एकता अन्तर्गत नेकपा एमालेसँग पार्टी एकीकरण र गठबन्धन गरिसकेको स्मरण गराउँदै अब सम्भावना नरहेको बताएका हुन् ।
प्रेस सेन्टर कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले दुई ठूला दल मिलेर गठबन्धन सरकार चलाइरहेका कारण माओवादी प्रतिपक्षमै बस्ने बताए ।
‘हामीले वामपन्थी मिल्नुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्स करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ,’ पुनले भने, ‘२०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । वामपन्थी ध्रुवीकरण सम्भव छैन । ओलीजीले दुई पटक धोका दिइसक्नुभएको छ । उहाँबाट तेस्रो पटक धोका खाने पक्षमा छैनौँ ।’
नेकपा विभाजनपछि नयाँ समीकरण बनिसकेको अवस्थामा स्वयं ओलीले नै अध्यक्ष प्रचण्डलाई ६ महिनासम्म लगातार भेटेर तत्कालीन समयमा सरकारको नेतृत्व हस्तान्तरण नगर्नु गल्ती थियो भनेर स्वीकार गरेको बताए ।
ओलीकै आग्रहअनुसार कोर्स करेक्सन गरेर पुनः सरकार निर्माण गर्न गठबन्धन गरिएको उनको भनाइ थियो । तर, ओलीले प्रचण्डबाट आफूले ठूलो धोका पाएको भन्दै वामपन्थी गठबन्धनका नाममा प्रतिशोध साँधेको उनको दाबी छ ।
‘नेकपा बन्यो टिकेन । ओली कमरेडले अध्यक्ष ‘प्रचण्ड’लाई तपाईँलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने थियो त्यो नगर्दा गल्ती भयो । नयाँ समीकरण बनेको पनि नेकपाको बहुमत नटिकेरै हो । त्यसैले कोर्स करेक्सन गरौँ भनेर हाम्रो तहमा पनि भनिरहनुभयो,’ पुनले भने, ‘त्यसपछि नै वामपन्थी विचार हुनेहरू मिलौँ भनेर सरकार परिवर्तन गरेका हौँ । म सहितका साथीहरू लागेकै हो । तर ओली कमरेडमा त्यो खालको रहनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु, कम्बोडिया, स्वीस बैंक र शेरा दरबार सबैको छानबिन गरौंः वर्षमान पुन
मजस्ता मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छ: वर्षमान
संसदमा छलफल गरिरहेको विधेयक सरकारले अध्यादेशबाट ल्यायो : वर्षमान पुन
हठ गर्ने पार्टी र नेताहरु सकिन्छन् : वर्षमान पुन
कांग्रेसका नेताहरुले माओवादीसँग ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन्: वर्षमान पुन
कांग्रेस-एमाले र हाम्रो बाटो फरक भयो : उपमहासचिव पुन