काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक मंगलबार पनि बस्दैछ छ । बिहान ११ बजे बस्ने बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहने प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सोमबारको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, सरकारमा पार्टीको सहभागितालगायतका विषयमा केन्द्रित भएर ३० नेताले धारणा राखेको उनको भनाइ छ ।
वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको छ । बैठकको प्रारम्भमा अध्यक्ष माधव नेपालले पछिल्लो पटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमका बारे जानकारी गराउँदै प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखे । उनले पार्टीलाई सबल बनाएर शक्ति निर्माणका लागि आवश्यक नीति तथा कार्ययोजनामा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ पुस २०७९, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख
एकीकृत समाजवादीका तीनवटै कमिटीकाे बैठक फागुनमा बस्ने
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
सरकारले भ्रष्टाचार नियन्त्रण होइन भ्रष्टाचारीहरूलाई संरक्षण गरेको छ : एकीकृत समाजवादी
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा