काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यसअघि तय गरेका तीन तहका पार्टी कमिटीको बैठकको मिति संशोधन गर्दै परिवर्तन गरेको छ । सो पार्टीका महासचिव घनश्याम भुसालका अनुसार संशोधित मिति अनुसार फागुन ६ गते स्थायी कमिटी, ७ गते पोलिटब्युरो तथा ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्नेछ ।
यसअघि सो पार्टीले यही माघ २८ गते स्थायी कमिटी, २९ गते पोलिटब्युरो र माघ ३० देखि फागुन १ र २ गते केन्द्रीय कमिटी बैठकको मिति सार्वजनिक गरेको थियो । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने एकीकृत समाजवादीले जनाएको छ । आन्दोलनद्वारा पार्टी निर्माण गर्ने बताउँदै आएको सो पार्टीले महासचिव घनश्याम भुसाललाई आन्दोलनको संयोजक तोकेको छ भने आन्दोलन संयोजन समितिको सचिवमा नेता जीवराम श्रेष्ठ तोकिएका छन् ।
एकीकृत समाजवादी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले तयारी नपुगेका कारण बैठक सार्नुपरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग