काठमाडौं । १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै पत्रकार महासंघ केन्द्रीय महाधिवेशन सुर्खेतमा समापन भएको छ । ८ पुसमा सुरु भएको महाधिवेशनमा देशभरबाट सयौं पत्रकार उपस्थित थिए । कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।
उद्घाटन सत्रमा पत्रकारिता क्षेत्रमा लामो सय संक्रिय रुपमा सहभागी सञ्चारकर्मी एवं पत्रकारलाई राष्ट्रपति भण्डारीले सम्मान पनि गरेकी थिइन् ।महासंघले जारी गरेको सुर्खेत घोषणापत्रका पत्रकारका हकहित सुरक्षा, इन्टरनेटको प्रयोग गरी भइरहेको स्वतन्त्रताको हक हनन, विधिन्न तहका सरकारमा भइरहेका सूचनाको हकको हनन, सञ्चारसम्बन्धी विभिन्न कानुन निर्माणमा ढिलाइ जस्ता विषयलाई जोड दिइएको छ । प्रेस स्वतन्त्रता हननका घटना रोक्न समेत महासंघले जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ पुस २०७९, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरबाट को–को भए सर्वसम्मत ?
पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने
२८ गते हुने निर्वाचनको लागि पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
पत्रकार महासंघ निर्वाचन : मतदाताको सूची र तालिका शनिबार सार्वजनिक हुने
पत्रकार महासंघको चुनाव सर्यो